अनुपम खेरको 'द कश्मीर फाइल्स'को प्रदर्शनी मिती घोषणा गरियो

भारत। बलिउड कलाकार अनुपम खेरले चलचित्र 'द कश्मीर फाइल्स'को प्रदर्शनी मिती घोषणा गरिएको छ। चलचित्रमा कश्मीरी पण्डितहरुलाई गरिएको अत्याचार देखाईएको छ। विवेक रंजन अग्निहोत्रीको 'द कश्मीर फाइल्स' २०२२को भारतको रिपब्लिक डेको मौकामा रिलिज गरिनेछ। कलाकार अनुपमले आफ्नो सामाजिक सञ्जालको माध्यमबाट चलचित्रको एक पोस्टर शेयर गरेका छन्। पोस्टरमा जम्मू र कश्मीरको नक्सा देख्न सकिन्छ। पोस्टरमा 'न्यायको अधिकार ' लेखिएको छ। चलचित्रमा अनुपमका अलावा मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी र चिन्मय मंडलेकर पनि मुख्य भूमिकामा देखिनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×