कलाकार दीपकराज गिरीको माओवादी अध्यक्ष प्रचण्डलाई प्रश्न

 

काठमाडौँ। हास्यव्यंग्य कलाकार तथा निर्माता दीपकराज गिरी बेला-बेला आफ्नो टिप्पणीका कारण चर्चामा रहने गरेका छन्। सामाजिक सञ्जालमा सक्रिय रहने कलाकारले यसपाली माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई केहि प्रश्न सोधेका छन्। उनले आफ्नो सञ्जालमार्फत दाहाललाई प्रश्न सोध्दै उनी लेख्छन् "प्रचण्ड कमरेडको पुरानो महावाणी– बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो। यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन्। उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बुढेसकालमा स्कुल गएर त्यही छुटेको पुरानो शिक्षा पढिरहेका छन्। अब आफ्नै कुरा गरौं, फिल्म हल खोलौ भनेको त्यो फिल्म पनि बिलासिता मै पर्ला कि नपर्ला? सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरि अप्ठेरो पर्ला  भनेर सोधेको। कि ब्युटी पार्लर खोलौं?हुनत धनाढ्यका बूढीहरू, छोरीहरू जाने ठाउँ त्यो पनि पक्कै सामन्तवादी लगानी नै साबित होला?  अब के मा लगानी गरौं त? अब ती खाइनखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाई के गर्ने त कमरेड? आफ्नो कमाई कहाँ लगाउने त रु ताकी हाम्रो लगानी सामन्तवादी लगानी नहोस।"
कलाकार दीपकराज गिरीको पोस्ट :
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×