हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौँ - पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मराङ बुलबाट हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । शिशुसहित उद्धार गरी उनलाई कास्कीको पोखरास्थित गण्डकी अस्पताल पुर्याइएको छ ।

टीका विकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय पोखरा तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी उनको उद्धार गरिएको मराङ स्वास्थ्य चौकीका अनमी दालकुमारी गर्बुजाले जानकारी दिए।

सुत्केरीको घरमै पुगेर स्वास्थ्यकर्मीले सेवा दिए पनि थप उपचारको आवश्यकता भएकाले विकलाई पोखरा लगिएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×