सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । बैठक दलको कार्यालय सिंहदरबारमा केही बेरअघि सुरू भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारको बजेट लगायतका विषयमा छलफल भइरहेको एक सांसदले बताए । त्यस्तै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटको छलफलमा कसरी भाग लिनेबारे पनि सांसदहरूले धारणा राखिरहेका छन् ।

प्रतिनिधि सभाको बैठक जेठ २० गतेलाई बोलाइएको छ । आइतबारबाट बजेटमाथिको छलफल सुरू हुनेछ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×