काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियाल बेटिसले विजयी सुरुवात गरेका छन्।
एट्लेटिको मड्रिडले गेटाफेलाई उसकै मैदानमा ३-० गोलले हराएको हो। उसका लागि अल्भारो मोराटाले २ तथा एन्टोइन ग्रिजमनले १ गोल गरेका थिए।
जितसँगै एट्लेटिको म्यड्रिडले ३ अङ्क जोडेको छ।
अर्को खेलमा रियाल बेटिसले इल्चेलाई ३-० गोलले नै हराएको छ। रियाल बेटिसले पनि अङ्कतालिकामा ३ अङ्क जोडेको छ। ला लिगाकै अर्को खेलमा एथ्लेटिको क्लब र मालोर्काले गोलरहित बराबरी खेलेका छन्।