रेशम चौधरीको उम्मेदवारी कायम नहुने

काठमाडौँ - ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन।

जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम्मेदवारी दिएका हुन्। हाल उनी काठमाडौंको डिल्लीबजारस्थित सदर जेलमा छन्। जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन्। तर कानुनअनुसार उम्मेदवारी कायम नहुने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए। 'कसैले पनि सुरुमा उम्मेदवारी दिन पाउँछन्। जेलमा भएका मान्छेले पनि प्रतिनिधि मुकरर नियुक्ति गर्न सक्छन्। प्रतिनिधिले जेलमा बसेको व्यक्तिको उम्मेदवारी दर्ता गराउन सक्छन्', वाग्लेले भने, 'तर कानुनले निर्दिष्ट गरेका विषयमा संलग्न व्यक्तिको उम्मेदवारी कायम हुने छैन।' 
नागरिक दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×