इराकमा ३०० बढीको ज्यान जानेगरी बम विस्फोट गराउने तीनजनालाई फाँसी

काठमाडौँ - इराकमा ३०० भन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम आक्रमणमा तीनजनालाई फाँसी  दिइएको छ।

इराकले सन् २०१६ मा बगदादमा ३०० भन्दा बढीको ज्यान लिने र सयौं घाइते भएको घटनामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका तीनजनालाई फाँसी दिएको हो।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा यो सबैभन्दा घातक एकल बम विस्फोट थियो। इस्लामिक स्टेट समूह (आइएस)ले आक्रमण गरेको बताएको छ।

प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले मृत्युदण्ड दिइएका व्यक्तिहरूको नाम र उनीहरूलाई कहिले सजाय सुनाइएको हो भन्ने बताएको छैन । उनीहरूलाई आइतबार र सोमबार मृत्युदण्ड दिइएको बताइएको छ।

३ जुलाई २०१६ मा विस्फोटक पदार्थले भरिएको एउटा गाडीलाई इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र काराडामा भीडभाड भएको किनमेल केन्द्रको छेउमा विस्फोट गराइएको थियो।

त्यतिबेला इस्लाम धर्मको पवित्र महिना रमजानको लागि दैनिक उपवास तोडेर मानिसहरूले रात्रि रमाइलो गरिरहेका थिए।

बम विस्फोटपछि भवनमा लागेको आगोबाट धेरै पीडितको मृत्यु भएको थियो। विस्फोटपछि गृहमन्त्री मोहम्मद गब्बानले राजीनामा दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×