अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक

काठमाडौं - कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हँुदै आएको छ । नेपालले यसअघि सन् २०१९ मा पनि ओलम्पियाडमा कास्यपदक जितेको थियो । सन् २०१४ देखि सुरु राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडबाट जीत हासिल गरेका विद्यार्थीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिँदै आएका छन् ।

नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ । सोअन्तर्गत हालसम्म विद्यार्थीले नेपालका लागि १२ सम्मानार्थ पदक र दुई कास्यपदक हात पारेको छ । सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीले तीन सम्मानार्थ पदक प्राप्त गरेको उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×