काठमाडौँ - आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा बिहीबार नेपालले चौथो खेल खेल्दैछ।
नामिबियामा आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो। नेपाल र स्कटल्याण्ड बीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।
नेपाल र स्कटल्याण्डले एकआपसमा ३ एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन्। २ मा स्कटल्याण्ड विजयी हुँदा १ खेलमा नेपाल विजेता बनेको छ। यो श्रृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागिता रहेको छ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैटौँ स्थानमा रहेको छ। स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ।