काठमाडौँ - गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन्। उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन्। यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत रहेको छ।
गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन्। गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन्।
गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन रहेको छ।