सङ्खुवासभा दुर्घटना : उद्धारका लागि हेलिकप्टर पठाइँदै

काठमाडौँ - सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ। 

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो। उनले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन्। “मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने। 

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ। पाँचजना गम्भीर घाइते छन्। घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ। चैनपुरबाट हेलिकप्टरमा धरान पुर्याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए। घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ। गाडी सड्कबाट ३०० मिटर तल खसेको प्रजिअ खतिवडाले बताए।

यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजीकार्य भने जारी नै रहेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×