शहीद स्मारक ‘बी’ डिभिजन लिग : नयाँबस्तीको जित

काठमाडौँ - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। 

नयाँबस्तीको जितमा सुमन योङ्ग्य (थगलनथब), रोशन आङ्देम्बे र सोम थापाले एक–एक गोल गरे। यता ब्वाइज युनियनका लागि भने विनोद राई र दिवस मास्केले एक–एक गोल फर्काए। खेलको १७ औैँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई पहिलो अग्रता दिलाए। 

खेलको ३९ औँ मिनेटमा ब्वाइज युनियनका विनोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए। खेलको ५० औँ मिनेटमा दिवसले गोल गरेपछि ब्वाइज युनियनले २–१ को अग्रता बनाको थियो  तर त्यो २–१ गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन। खेलको ६९ औँ मिनेटमा नयाँबस्तीका खेलाडी रोशनले एक गोल थपेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो। त्यसपछि खेलको ८२ औँ मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले ३–२ गोलको जित हासिल गर्यो। यस जितसँगै चार खेलबाट नयाँबस्तीले छ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित ब्वाइज युनियनको चार खेलमा तीन अङ्क रहेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×