नवलपुरमा बँदेल सहित ६ जना पक्राउ 

नवलपुर- नवलपुरमा बँदेल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। दुईवटा गाडीमा राखिएको ७ वटा जंगली बँदेलसहित उनीहरुलाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार महेन्द्रराजमार्गको ४० किलो भन्ने स्थानमा जाँचको क्रममा ५ सय किलो बराबरको बँदेलको मासुसहित २ वटा जिप र ६ जना शुक्रबार पक्राउ परेका हुन्।

चोरमाराबाट कावासोती तर्फ आउँदै गरेको ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको जिपमा मृत बँदेल रहेको थियो। पक्राउ पर्नेमा हेम नारायण मुखिया थारु, प्रभु डुम, बब्लु डुम, सुमित काउचर, अनिल केवट र मुकेश राजभर रहेका छन्। उनीहरु सबै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका वडा नं. ९ का वासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ।

बरामद जिप, बँदेल र पक्राउ परेको ६ जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय कावासोतीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×