पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्यान्डबलमा त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टोलीले सफलता पाएको छ।
प्रतियोगिताको पहिलो दिन पुरुष टिमले बागमती प्रदेशलाई ४३-८ ले पराजित गर्यो। आर्मीको जितमा आकास अधिकारीले ८ गोल गरे। महिलातर्फ शान्तिकला राईको १४ गोलको सहयोगमा आर्मीले मधेस प्रदेशलाई ४६-२ ले हरायो।
पोखरा बहुउद्देशीय कभर्डहलमा भएको प्रतियोगिताको अन्य खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र एपीएफ क्लबले पनि जित निकालेका छन्। गण्डकीले चन्द्र केसीको १० गोलको सहयोगमा मधेस प्रदेशलाई ६६-१३ र एपीएफले सन्दीप कार्कीको ९ गोलको मद्दतमा लुम्बिनी प्रदेशलाई ३६-१३ गोलले हरायो।
लुम्बिनीका शरण थापाले नौ गोल गर पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। महिलातर्फ प्रदेश १ ले कर्णाली प्रदेशलाई २६-२ गोलले पराजित गर्यो।