एपीएफको दोस्रो जित

काठमाडौँ - विभागीय क्लव एपीएफको महिला भलिबल टोलीले काठमाण्डौंमा जारी छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिगमा दोस्रो जित निकालेको छ। 

बिहिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा एभरेष्ट भलिबल क्लवलाई ३–१ को सेटमा पराजित गरेको हो।

एपीएफले एभरेष्टमाथि २५–१३, २५–१०, १९–२५ र २५–१९ को जित निकालेको हो। 

यसअघि एपीएफले आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराएकाे थियाे भने पहिलाे खेलमा विभागीय क्लव नेपाल पुलिसँग पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×