दोस्रो खेलमा नेपाल केन्यासँग पराजित

काठमाडौँ - पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ। केन्यामा जारी सिरिजको पहिलो खेलमा जित निकाले पनि दोस्रो खेलमा नेपालले १८ रनको हार व्यहोरेको हो।

पहिले ब्याटिङ गरेको केन्याले पूरा ओभर खेल्दै ९ विकेट गुभाएर १३२ रन बनाएको थियो। जवाफमा नेपालले १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ११४ रन मात्र बनाएपछि केन्याले १८ रनको जित निकालेको हो। दोस्रो खेलसँगै सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ।

नेपालविरुद्ध केन्याका इरफान करिमले २२ रन बनाएका थिए भने राकदिप पटेलले सर्वाधिक ३५ रनको योगदान दिएका थिए। त्यस्तै, नेहेमिह ओधियम्बोले २० बलमै २९ रन बनाएका थिए।

त्यसक्रममा नेपालका दिपेन्द्र सिह ऐरी र सन्दिप लामिछानेले समान ३-३ विकेट लिएका थिए। त्यस्तै करण केसीले २ र पवन सर्राफले पनि १ विकेट लिएका थिए।

जवाफमा नेपालले खासै राम्रो ओपनिङ गर्न सकेन। आसिफ शेख ५ रनमै आउट भए भने ज्ञानेन्द्र मल्लले पनि १रनबाहेक जोड्न सकेनन्। त्यस्तै पवन सर्राफले चाहिँ १९ रन बनाएका थिए।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा आदिल अन्सारीले २० रनको योगदान दिएका थिए। नेपालको ब्याटिङमा केन्याका इम्यानुएल बुन्डी, लुकास ओलुओच र व्रज पटेलले समान २-२ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×