विदेशी फिल्मको दमन नेपालमा बढेको अनमोलको आरोप

काठमाडौँ - अभिनेता अनमोल केसीले विदेशी फिल्मको दमन नेपालमा बढेको आरोप लगाएका छन्। 

वैशाख १ गते रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘केजीएफ च्याप्टर २’लाई लिएर नेपालमा चर्चा छ। पछिल्लो समय नेपालमा साउथ फिल्मको दबदबा बढेको र हल सञ्चालकले नेपाली फिल्मलाई विभेद गरेको आरोप पनि लागिरहेको छ। ठूला मल्टिप्लेक्सले ‘केजीएफ-२’लाई ७५ शो दिएर नेपाली फिल्मलाई मुस्किलले दुई दर्जन मात्रै शो दिएर विभेद गरेको आरोप पनि चलचित्रकर्मीहरुले लगाएका छन्। यतिमात्र नभइ केही निर्माताले त विदेशी फिल्मलाई कडाइ गर्न माग गर्दै चलचित्र विकास बोर्डमा ज्ञापनपत्र समेत बुझाएका छन्।

हालैको एक अन्तर्वार्तामा अनमोल केसीलेले नेपाली फिल्मको वास्तविक प्रतिस्पर्धा हलिउड र बलिउडसँग रहेको बताउँदै सबैजना एक हुनुपर्ने खाँचो औंल्याएका छन्। यतिमात्र नभइ उनले नेपाली कथावस्तुमा समेत विदेशीले फिल्म बनाउन थालेको प्रसंग कोट्याउँ विदेशी फिल्मको डोमिनेट (दमन) नेपालमा बढेको समेत बताए। गोर्खा इतिहास र कन्टेन्ट नेपालको भएपनि अक्षयकुमारले त्यसमाथि फिल्म बनाउनु त्यसको उदाहरण भएको उनको कथन छ।

‘गोर्खा त हाम्रो सब्जेक्ट हो नि त। तर हामीले किन बनाउन सकेनौं, अक्षयकुमारले किन खेलिरहेको छ गोर्खा सब्जेक्टमा ? बजेटको हिसाबमा हामीले त्यो बनाउनै सक्दैनौं, तर कन्टेन्ट त हाम्रो हो नि। किन हाम्रो देशले बनाउन सकेन ? यस्ता चीजले गर्दा डेमिनेटेड चाहिं छ,’ अनमोलले भनेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×