'नेपाल आइडल' मंसिर २३ गतेबाट

काठमाडौँ। लोकप्रिय गायन रियालिटी शो 'नेपाल आइडल' चौथो संस्करण प्रसारण हुने भएको छ। कार्यक्रम मंसिर २३ गतेबाट प्रसारणमा आउने भएको हो। एपि वान टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमका निर्णायक गायक तथा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान रहेका छन्। १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागीता जनाउन पाउने कार्यक्रमको अडिसन काठमाडौँमा फिजीकल र काठमाडौँ बाहिर डिजिटल लिइएको थियो। कार्यक्रमका  प्रस्तोतामा असिफ शाह र रेश्मा घिमिरे रहेका छन्। कार्यक्रम सुरेश पौडेलले निर्देशन गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×