कतारमा हुने विश्वकप फुटबलका लागि २८ लाख ९० हजार टिकट बिक्री

काठमाडौँ - कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि २८ लाख ९० हजार टिकट बिक्री भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सोमबार एक कार्यक्रममा यसबारे जानकारी गराएका हुन्।

बिक्री भएको २८ लाख ९० हजार टिकट खरीद गर्ने शीर्ष ३ देशमा कतार, अमेरिका र साउदी अरेबिया रहेको फिफा विश्वकपका प्रमुख अपरेटिङ अफिसर कोलिन स्मिथले बताएका छन्।

इन्फान्टिनोले यस प्रतियोगिताका लागि २ लाख ४० हजार आतिथ्य प्याकेजहरू बिक्री भएको र यसलाई अहिलेसम्मकै सबैभन्दा सफल आतिथ्य कार्यक्रम भएको बताएका छन्। विलासी स्टेडियमका लाउन्जहरूमा सेमिफाइनल र फाइनल खेल हेर्नका लागि प्रतिव्यक्ति ३४ हजार ३०० डलर भन्दा बढी लागत लाग्ने छ। यसमा विभिन्न प्याकेजहरु पनि समावेश गरिएको छ। विश्वकप आउँदो नोभेम्बर २० देखि कतारमा सुरु हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×