निर्देशक नार्थनको फिल्ममा यशको जोडी पूजा

काठमाडौँ - केजीएफ सिरिज मार्फत अभिनेता यश स्टार बनिसकेका छन्। उनको स्टारडम साउथ इन्डियामा मात्र नभइ नर्थमा पनि बढेको छ। केजीएफको च्याप्टर २ ले गरेको विजनेस आफैँमा एउटा रेकर्ड हो।

उनले आफूसँगै कन्नडा फिल्म उद्योगलाई पनि चिनाउन सफल भएका छन्। यसका कारण चलचित्रका निर्देशक प्रशान्त नील पनि हुन्। सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने फ्यान केजीएफको तेस्रो च्याप्टरको प्रतीक्षामा रहेका छन्।

यद्यपी यशले अर्को प्रोजेक्टको रुपमा केजीएफ भन्दा बाहिरको फिल्म गर्दैछन्। उनले निर्देशक नार्थनसँग काम गर्ने चर्चा चलिरहेको छ। यस फिल्ममा यशको अपोजिटमा पूजा हेग्डेले अभिनय गर्ने भएकी छिन्।

पछिल्लो समय पूजाले ठूला स्टारहरुसँग काम गरिरहे पनि सफलता भने पाएकी छैनन्। पूजाले प्रभाससँग राधेश्याम, विजयसँग बिस्टमा काम गरेको थिइन् यद्यपी दुबै फिल्म सफल हुन् सकेनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×