मेटाभर्स के हो ?

काठमाडौँ - पछिल्लो केही महिनादेखि लगातार मेटाभर्सको चर्चा भइरहेको छ। गत वर्ष अक्टोबरमा मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको नाम मेटामा परिवर्तन गरेका थिए। कम्पनी 'रिब्रान्डिङ'का अवसरमा जुकरवर्गले मेटाभर्स नयाँ शब्द नभए पनि विश्वले हामीलाई मेटाभर्सको नामले चिन्नेछ भनेर उद्घोष गरेका थिए।

मेटामभर्स फेसबुकले रिब्रान्डिङ गर्दा अचानक आएको शब्द भने होइन। यो शब्द नील स्टीफनसनद्वारा १९९२ मा उनको एक उपन्यास 'स्नो क्र्यास' मा उल्लेख गरिएको थियो। स्टीफनसनको उपन्यासमा, मेटाभर्स भनेको एउटा संसार हो जसमा मानिसहरू भिडियो गेमहरूमा डिजिटल संसार जस्तै हेडफोन र भर्चुअल वास्तविकता जस्ता ग्याजेटहरूको मद्दतले कुराकानी गर्ने लगायतका वर्णन गरिएको छ।

मेटाभर्सले त्यस्तो संसारलाई बुझाउँछ जहाँ मानिसहरू वास्तविक होइन भर्चुअल संसारमा आफ्ना कामहरू गर्नु सक्दछन्। यसलाई इन्टरनेटको आगामी भविष्य भनेर ठूला ठूला टेक कम्पनीहरूले अर्बौ डलर खर्च गरिरहेका छन्। 

मेटाभर्सलाई आगामी संसार वा इन्टरनेटको आगामी भविष्य भनेर टेक्नोलोजी पण्डितहरूले भन्दै आएका छन्।  हामी बसेको युनिभर्स (ब्रह्माण्ड)मा अवस्थित छौँ तर मेटाभर्स (भर्चुअल संसार) यो भन्दा पूर्ण रूपमा फरक छ। मेटाभर्समा गाउँमा बस्ने विद्यार्थीले कक्षाकोठामा बसे जस्तै काठमाडौँको स्कूल वा कलेजमा कक्षा लिन सक्छन्।

मेटाभर्समा यो संसारमा नभएका मानिसहरूसँग कुरा गर्न पनि सम्भव छ। यसमा त्यो व्यक्तिको तस्बिरबाट होलोग्राम बनाइनेछ र त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले कुरा गर्न सक्नेछ। उदाहरणको लागि तपाईंलाई काठमाडौँबाट अमेरिकामा रहेको कुनै कलेजमा पढ्न मन लाग्यो त्यसका लागि तपाईंले कम्युटरमा तपाईं जस्तै देखिने होलोग्राम बनाउनुहुन्छ जसलाई आफ्नो कम्प्युटरबाट कन्ट्रोल गरेर अमेरिकाको कलेजमा लैजानुहुन्छ। यो भर्चुअल प्रक्रिया भएपनि पनि त्यसमा तपाईंले पुरै कन्ट्रोल र आवाज दिनुपर्छ जुन पुरै अर्को दुनियाँ हुनेछ।

मेटाभर्स प्रयोगका लागि निकै उच्च गतिको इन्टरनेट आवश्यक हुन्छ। मार्क जुकरबर्गले मेटाभर्सलाई भर्चुअल वातावरण पनि भनेका छन्। वास्तविक दुनियाँमा तपाईं पुग्न नसकेका ठाँउहरूमा मेटाभर्सको सहायताले सजिलै पुग्न सक्नुहुन्छ।

मेटाभर्सको लागि चाहिने कुराहरू

मेटाभर्सको लागि भर्चुअल रियालिटी हेडसेट र उच्च-स्पीड इन्टरनेट बिना तपाईं यसको अनुभव लिन सक्नु हुँदैन। यसको लागि अग्मेन्टेड रियालिटी चश्मा, स्मार्टफोन र मोबाइल एप चाहिन्छ।

मोबाइलबाट मेटाभर्सको रेकर्ड गरिएका भिडियोहरू हेर्न सकिन्छ तर मेटाभर्स अनुभव गर्न सकिन्न।  केही समयअघि साउथ फिल्म राधेश्यामको ट्रेलर रेकर्ड गरिएको मेटाभर्सको भिडियो हो। यो हाल सुरुवाती चरणमा रहेको हुँदा यसमा दिन प्रतिदिन नयाँ नयाँ प्रयोग हुँदै जाँदा आगामी दिनमा यसको स्वरूप झन् झन् पारिष्कृत हुँदै जानेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×