यु-१७ महिला विश्वकप फुटबल आजदेखि

काठमाडौँ - फिफा यू-१७ महिला फुटबल विश्वकप आज बाट भारतमा सुरु हुँदैछ। प्रतियोगितामा आयोजक राष्ट्रसहित कुल १६ टोलीको सहभागिता रहनेछ। हरेक २ वर्षमा हुने प्रतियोगिताको यो सातौं संस्करण हो।

प्रतियोगिता यसअघि सन् २०२० मा हुने भनिएपनि कोभिड-१९ को संक्रमणका कारण स्थगित गरिएको थियो। सबै १६ टोलीलाई ४-४ को चार समूहमा विभाजन गरिएको छ।

१ः समूह ए - भारत, अमेरिका, मोरक्को, ब्राजिल

२ः समूह बी - जर्मनी, नाइजेरिया, चिली, न्युजिल्यान्ड

3ः समूह सी - स्पेन, कोलम्बिया, मेक्सिको, चीन

4ः समूह डी - जापान, तान्जानिया, क्यानडा, फ्रान्स

खेल भुवनेश्वर (ओडिशा) को कलिंगा स्टेडियम, मार्गोवा (गोवा) को पण्डित जवाहरलाल नेहरू स्टेडियम र नवी मुम्बई (महाराष्ट्र) को डीवाई पाटिल स्टेडियममा हुनेछ। मोरक्कोले आज समूह ए मा ब्राजिलको सामना गर्नेछ, जबकि पहिलो पटक यस प्रतियोगितामा भाग लिइरहेकाे भारतले अमेरिकाको सामना गर्नेछ। समूह बी मा जर्मनीले नाइजेरिया र चिलीले न्युजिल्यान्डसँग खेल्नेछ।

प्रत्येक समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। अक्टोबर २१ र अक्टोबर २२ मा गोवा र मुम्बईमा खेल हुनेछन्। दुवै सेमिफाइनल गोवामा २६ अक्टोबरमा हुनेछ भने फाइनल र तेस्रो स्थानका खेल ३० अक्टोबरमा हुनेछन्। भारतले यति ठूलो परिमाणको फिफा प्रतियोगिता आयोजना गर्ने अवसर पाएको यो दोस्रो पटक हो।

यसअघि सन् २०१७ मा भारतले यू-१७ पुरुष विश्वकप आयोजना गरेको थियो। उक्त प्रतियोगिताको सफल आयोजनाका कारण भारतले यु-१७ महिला विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो। सन् २००८ मा सुरु भएको यो विश्वकप पहिलो पटक उत्तर कोरियाले जितेको थियो।

यसपछि दक्षिण कोरिया (२०१०), फ्रान्स (२०१२), जापान (२०१४), उत्तर कोरियाले (२०१६) उपाधि जितेको छ भने पछिल्लो पटक सन् २०१८ मा स्पेनले उपाधि जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×