जुजु धौलाई ट्रेडमार्क

भक्तपुर । मौलिक स्वादका लागि प्रसिद्ध भक्तपुरको जुजु धौ (दही)ले व्यापारिक चिह्न प्राप्त गर्ने भएको छ। मल्ल कालका राजाहरूको रोजाइको यो  दहीको  विशिष्ट  पहिचान  संरक्षण  गर्ने उद्देश्यसहित  सामूहिक   व्यापार   चिह्न  (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्न लागिएको हो।  

स्थानीय  उत्पादनलाई  प्रोत्साहन  गर्दै बजार विस्तार गर्न यस किसिमका चिह्न प्रयोग   गराउने   सरकारी   नीतिअनुरूप दर्ताको प्रक्रिया अगाडि बढाइएको हो।

जुजु धौको व्यापारिक चिह्न दर्ताका लागि  उद्योग  विभागमा  निवेदन  प्राप्त भएको  विभागका  निर्देशक  सुरेश  जोशीले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×