काठमाडौं । आईसीसी टी– २० विश्वकप २०२४ अन्तर्गत गए राति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गरेको छ । शुरुवातमा ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । १३७ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ५ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको हो ।
पपुवा न्युगिनीका लागि सेसे बाउले अर्धशतकीय पारी खेले पनि हार टार्न भने सकेनन् । उनले ४३ बलको सामना गर्दै ५५ रन जोडे । त्यस्तै टोनी उरा २ रनमा आउट हुँदा असद भालाले २१ रन जोडे । त्यस्तै लेगा साइका १, हिरी हिरी २ तथा एले नाउ शून्य रनमा पेभेलियन फर्किए ।