काठमाडौँ - कर्माको अभिनय रहेको फिल्म ‘षट्कोण’ वैशाख २३ मा रिलिज हुने तय भएको छ। यस फिल्मा कर्मासँगै भोलाराज सापकोटाको पनि मुख्य भूमिका रहेको छ। फिल्म निर्माण कम्पनी क्लेमेन्टाइन प्रोडक्सनले आज मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज हुने मिति घोषणा गरेका थिए।
फिल्ममा कर्मा र भोलाराज सहित लोकेन्द्र लेखक, सुयशा अधिकारी, शिशिर लिम्बु वानेमलगायतको पनि अभिनय रहेको छ। यस फिल्मको निर्माण विराज कडरियाले गरेका छन् भने निर्देशन मिलन डी काप्रीको रहेको छ।