पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी तथा प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। बुधबार भण्डारी डल्लुस्थित खनाल निवास पुगेर चित्रकारको उपचार र स्वास्थ्य प्रगतिबारे चासो व्यक्त गरेकी हुन्।
यसअघि बुधबार बिहानै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि खनाल निवास पुगेर चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। जेनजी आन्दोलनका क्रममा भएको आगजनी घटनामा घाइते भएकी चित्रकार हाल उपचारकै क्रममा रहेकी छन्।
नेताहरूसँगको भेटपछि झलनाथ खनालले चित्रकारको अवस्था खतरामुक्त रहेको र उपचारपछि क्रमशः सुधार भइरहेको जानकारी दिएका छन्। चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको र अवस्था स्थिर हुँदै गएको उनको भनाइ छ।
.png)
.png)
.png)
.png)
.png)
.png)

.jpg)
