हरेक ठाउँमा महिलालाई ३३ प्रतिशत अधिकार हुनुपर्छ: आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन्।

काठमाडौँमा बिहीबार आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो भनेकि हुन्।

महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीको आसन्न महासमिति बैठकमा पनि राख्ने उनले बताइन्।

पार्टीको पदाधिकारीमा सहमहामन्त्री पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति उनले असन्तुष्टि जनाइन्। पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि उनको असन्तुष्टि थियो। उनले आफूहरू पार्टीका विभागमा भोट हाल्न मात्रै बसेको हो रु भन्दै प्रश्न समेत गरिन्।

संविधान नै संशोधन गरेर भए पनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने राणाको भनाइ छ। ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने उनले बताइन्।

‘महिलाहरू महिला वडा सदस्य र दलित महिला सदस्यमा मात्रै उठ्ने होइन। हामीले हाम्रो पार्टीमा त दबाब दिइसकेका छौँ। केन्द्रीय समितिमा पनि महिलाहरूले कुरा उठाइसके। अरू पार्टीका सदस्यले पनि कुरा उठाउनुपर्छ,’ राणाले भन्छिन्, ‘नेपाली कांग्रेसको महासमिति बैठक आउन लागेको छ। त्यहाँ पनि हामीले महिला पदाधिकारीका कुरा उठाउँछौँ।’

‘खालि एउटा सहमहामन्त्री मात्रै किन महिलारु उपसभापति, महामन्त्रीमा किन छैनरु अरू पदमा पनि महिला हुनसक्छ नि१ अहिले विभागहरू बनिरहेका छन्, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ।’

सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिस्पर्धा गर्ने स्थान हुनुपर्नेमा जोड दिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×