ओलीले रिमोट थिचेर गरे एमालेको ११औँ महाधिवेशन उद्घाटन

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तोलन र बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका शीर्ष नेताहरू, कार्यकर्तासहित विभिन्न राजनीतिक दलका नेताहरू अतिथिका रूपमा सहभागी भएका थिए । महाधिवेशन स्थलमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमालेले यसपटक महाधिवेशनको उद्घाटन डिजिटल प्रविधिमार्फत गर्दै आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ । महाधिवेशनबाट पार्टीको भावी नीति, नेतृत्व चयन र संगठनात्मक दिशा तय हुने अपेक्षा गरिएको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×