सुर्खेत - नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन्। आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग 'कफी र कुरा'अन्तरक्रिया कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए।
उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ? ललिता निवासको अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलले बताए। यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ।
ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआइबीको आलोचना गरे। सरकारले सुशासनको गफ हाँके पनि निष्पक्ष रूपमा काम गर्न नसकेको उनको भनाइ थियो।