लुम्बिनी प्रदेशसभामा आज शपथग्रहण

काठमाडौँ - लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन्। नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ। संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ। त्यसको सम्पूर्ण तयारी  पुरा भएको सचिव पुनले बताएका छन्।

आज ८७ जना प्रदेश सभा सदस्यमध्ये केहीले मातृभाषा शपथग्रहण गर्दे छन्। यसरी शपथग्रहण गर्नेमा जनमत पार्टीका र जसपाका  रहेका छन्। संसद् सचिवालयका अनुसार अनुसार सुमन शर्मा रायमाझी, चन्द्रकेश गुप्ता, कन्हैयालाल बानियाले अवधि भाषामा शपथ लिने छन्। यस्तै राज कुमार चौधरीले थारु भाषा शपथ ग्रहण गर्ने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×