रिहापछि पहिलो सन्देश चितवनबाट, सार्वजनिक कार्यक्रममा देखिँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि शनिबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। पार्टीका अनुसार शनिबार बिहान ११ बजे चितवनको भरतपुरस्थित चौबीसकोठीमा कार्यक्रम आयोजना गरिएको छ।

लामिछाने शनिबार ३ करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। चितवनको छोटो कार्यक्रमपछि उनी अपराह्न १:५० बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ। काठमाडौं आएपछि उनले जेनजी आन्दोलनका शहिदका परिवार तथा घाइतेहरूलाई भेट्नेछन्।

यसैबीच, आइतबार वनस्थलीस्थित पार्टी कार्यालयमा रवि लामिछानेको स्वागत कार्यक्रम आयोजना गरिने रास्वपाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×