चीनका पुर्व प्रधानमन्त्रीको निधनमा प्रधानमन्त्रीद्धारा शोक ब्यक्त

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख ब्यक्त गरेका छन् ।

जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरले गहिरो चोट पुगेको भन्दै दुःख ब्यक्त गरेका हुन् ।

चीनका पूर्व प्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन, ‘नेपाल सरकार र मेरो आफ्नो तर्फबाट उहाँको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना।’

चीनका पुर्व प्रधानमन्त्री लीको हिजो (शुक्बार) सांघाइमा हृदयघातका कारण निधन भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×