जनगणनामा यसकारण छुटे कालापानी र लिम्पियाधुराका नेपाली नागरिक

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागका अनुसार कालापानी र लिम्पियाधुराबाहेकका ठाउँका केही स्थानमा बाहेक देशका अन्य क्षेत्रमा जनगणना सङ्कलन कार्य सकिएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो ।

विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन केन्द्रीय तथ्याङ्क विभागले आग्रह गरेको छ । विभागका अनुसार मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ ।

विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए ।

तर कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको भने जनगणना भएको छैन् । सो स्थानमा भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको रेग्मीले बताउनुभयो । नेपाली नक्सामा अटाएको भूभागका नेपाली राष्ट्रिय जनगणनामा भने छुटेको छ । यसअघि विक्रम सम्वत २०१८ सालमा भएको गणनामा भने त्यस क्षेत्रका नेपाली पनि समावेश भएको तथ्यांक छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×