इंग्ल्यान्डलाई टी २० विश्वकप उपाधि

काठमाडौँ - आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ। मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो।

पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। इंग्ल्यान्डको जितमा जोस बटलरले २० रन बनाएका थिए। बेन स्टोक्सले ५२ रन बनाउँदा ह्यारी ब्रुकले २० रन र मोइन अलीले १९ रन जोडेका थिए। पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिए। शाहिन अफ्रिदी र सादाब खानको नाममा १/१ विकेट रह्यो।

यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन्।कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए।

शान मसूदले ३८, सादाब खानले २० रन बनाए। अन्य राम्रो प्रदर्शन गरेनन्। इंग्ल्यान्डका साम करनले ३ विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा २/२ विकेट रह्यो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×