काठमाडौँ। कलाकार पल शाह प्रकरणमा १८ वर्ष मुनीकी नाबालिग बालिकाको पक्षमा अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा स्ट्याटस राखेकी थिइन्। जसपछि उनलाई विभिन्न किसिमका गाली-गलौच गरियो। सोहीकारण रेखाको तर्फबाट उनको दिदीले निवेदन दिएकी छिन्। अभिनेत्रीले नाबालिग र नेपालको कानुन उल्लेख गर्दै सञ्जालमा स्ट्याटस लेखेकी थिइन्।
दिदीले प्रहरीको साइबर अनुसन्धान ब्युरोमा थापाकोतर्फबाट युट्युब च्यानल 'ए वान' मिडियाविरुद्ध निवेदन दिएकी हुन्। अभिनेत्री थापाको सो स्ट्याटस आएपछि पलको पक्षकाहरुले उनलाई गाली गलौच गरेका थिए। उजुरीमा सो कुरा युट्युव च्यानल ए वान मिडियाले भिडियो राखेको उल्लेख छ।