राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश–युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन्। 

एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान  भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा  पुर्याउने छ। 

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ।  युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा व्याख्या गर्दै आएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×