यू-१७ साफमा श्रीलंकालाई बंगलादेशले हरायो

काठमाडौँ - श्रीलंकामा जारी यू १७ साफमा श्रीलंकाले बंगलादेशलाई सहजै हराएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार राति सम्पन्न भएको खेलमा घरेलु टिमले ५-१ को हार व्यहोरेको हो।

बंगलादेश यू-१७ टिमको मोहम्मद रुबेल शेखले खेलको सातौँ मिनेटमै गोल गर्दै अग्रता बनाएका थिए। त्यस्तै, खेलको १०औं मिनेटमा मोहम्मद मुर्सद अलीले अग्रतालाई दोब्बर बनाएका थिए। यससँगै पहिलो हाफमा घरेलु टिम २ गोलले पछि परेको थियो।

दोस्रो हाफमा श्रीलंकाले १ गोल त फर्कायो तर बंगलादेशले त्यसको विरुद्ध थप ३ गोल गरेको थियो। मुर्सदले ७५औं मिनेटमा गोल थपेका थिए भने सिराजुल स्लाम रानाले ७९औं मिनेटमा र मोहम्मद नाजिम उद्दिनले इन्ज्युरी समयमा गोल गरेका थिए।

यससँगै साफमा बंगलादेशले सुखद सुरुवात गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×