१७ वर्षमुनीको नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ - एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएको छ। १७ वर्षमुनिको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गरेका थिए।

व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो। भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो। नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३-० ले, भियतनामसँग ५-० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४-२ गोलले पराजित भएको थियो।

३ वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×