काठमाडौँ। लोकप्रिय गायक सुगम पोखरेल र गायिका मिलन नेवारको आवाज रहेको नयाँ गीत 'ह्याप्पी एनिभर्सरी' सार्वजनिक भएको छ। गीतमा कृष्ण के.सीको शब्द, हरि लम्सालको संगीत तथा माहाराज थापाको संयोजन रहेको छ। गीतको भिडियोमा लक्ष्मी वर्देवा, जीवन भट्टराई बालकलाकार अर्श्या दाहाल आदि कलाकारहरुको अभिनय रहेको छ। लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशनमा बनेको गीतको भिडियो युट्युब च्यानल 'आफ्नो मन'बाट सार्वजनिक गरिएको हो।
भिडियो: