एपीवानले ‘साहु बा’ सिरिज ल्याउने

काठमाडौं - एपी वान टेलिभिजनले नाटकमा आधारित वेभ सिरिज ‘साहु बा’ प्रसारण गर्ने भएको छ। टिभीले केही समयभित्रै नयाँ र फरकखाले शृंखला कार्यक्रम ल्याउन लागेको हो। 

‘साहु बा’ टेलिभिजनकै इतिहासमा पहिलो इनोभेसन सिरिज हुनेछ। ‘साहु बा’मा प्रियंका कार्की, अमित गिरी, प्रदीप बास्तोला, निश्चल प्रधान, प्रमोद खड्का, कविता नेपाली, रक्षा थापा, अमितजंग शाहलगायतको अभिनय हुने छ। सोमबार केक काटेर कलाकार तथा पत्रकारबीच ‘साहु बा’ सिरिजका विषयमा छलफल गरिएको थियो। उक्त अवसरमा बोल्ने कलाकारहरूले ‘साहु बा’ दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरेका थिए। 

अभिनेत्री प्रियंका कार्कीले ‘साहु बा’ले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै टिभीमा आइरहेका कार्यक्रमभन्दा एक तहमाथि रहेर गुणस्तरीय कार्यक्रम दिने बताइन्। कलाकार आयुशमान जोशीले ‘साहु बा’को अवधारणा राम्रो भएकाले यसले दर्शकमाझ लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गरे। 

कलाकार अमितजंग शाहले ‘साहु बा’ सिरिजका लागि गृहकार्य भइरहेको भन्दै यससले ट्रेन्ड सेट गर्ने बताए। कलाकार कविता नेपालीले ‘साहु बा’का माध्यमबाट एपी वानले ऊर्जा दिएको बताइन्। जोश र जाँगरसाथ काम सुरु भएकाले नयाँ केही हुन्छ भन्ने लागेको उल्लेख गरिन्। 

सो अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कका मार्केटिङ हेड प्रनिल अर्यालले ‘साहु बा’ले टेलिभिजन कार्यक्रममा नयाँ इतिहास रच्ने बताए। जोखिम मोलेरै इनोेभेसन सोच अघि सारेको उनको भनाइ छ। एपी वान टेलिभिजनका बिजनेस हेड मोहित बस्नेतले ‘साहु बा’ले पनि नेपाल आइडलले जस्तै नयाँ उचाइ प्राप्त गर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×