फुलहामसँग एस्टन भिल्ला ३-० ले पराजित, प्रशिक्षक स्टिभन जेरार्ड बर्खास्त

काठमाडौँ - प्रिमियर लिगमा गएराति फुलहामसँग ३-० ले पराजित भएपछि एस्टन भिल्लाले प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको छ।

क्लबका प्रवक्ताले भने: ‘हामी स्टिभनलाई उनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद दिन चाहन्छौं र भविष्यको लागि उहाँलाई शुभकामना दिन्छौं।’ भिल्लाले यो सिजनको लिगमा २ पटक मात्र जित हात पारेको छ र गोल गरेको आधारमा रेलिगेसन जोनभन्दा केही माथि मात्रै रहेको छ।

जेरार्डले रेन्जर्समा आफ्नो भूमिका छोडेपछि नोभेम्बर २०२१ मा भिल्लाको प्रशिक्षकको रूपमा डीन स्मिथको स्थानमा आएका थिए। तर, इंग्ल्यान्ड र लिभरपुलका पूर्व मिडफिल्डर समेत रहेका ४२ वर्षीय जेरार्डले आफ्नो ११ महिने कार्यकालमा ४० खेलमध्ये १३ मा मात्रै जित दिलाएका थिए।

फुलहामसँगको हारपछि उनले बीबीसीलाई भने: ‘इनकन्सिस्टेन्सी हामीलाई महँगो परेको छ, हामी आफूलाई त्यही स्थितिमा पाएका छौँ। मैले यस्तै परिस्थितिमा टोलीको जिम्मा लिएँ। हामीले आफूलाई यो अवस्थाबाट बाहिर निकाल्न प्रयास गरेका छौँ।’ ‘म एक फाइटर हुँ-यो मेरो डीएनएमा छ। अन्यथा नभएसम्म म लडाइँ जारी राख्छु,’ उनले अघि भने।

त्यसको करिब एक घण्टा पछि भिल्लाको प्रशिक्षकको रूपमा उनको समय सकियो। जेरार्डको प्रस्थानको खुलासा हुनु अघि, कप्तान जोन म्याकगिनले भने: ‘यो निकै लाजमर्दो भयो। हामीले फ्यानहरूलाई, प्रशिक्षकलाई निराश तुल्याएका छौँ। यो हाम्रो लागि दुखद रात हो।’

क्राभेन कुटेजमा भएको खेलको क्रममा भिला फ्यानहरूले विभिन्न ‘एन्टी-जेरार्ड’ गीतहरू समेत गाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×