आगलागीमा परी दुई महिलाको मृत्यु

काठमाडौं - झापा, अर्जुनधारा नगरपालिका–१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको छ । आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन् । 

उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ । साथै आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भोजपुरको आमचोक गाउँपालिका–६ राधुन बस्ने ७५ वर्षीया लालमाया राईको आगोमा जलेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घरमा तरकारी पकाउने क्रममा आगोमा जलेर उनको मृत्यु भएको हो । आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×