फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ सार्वजनिक

काठमाडौँ - भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड रहेका छन्। अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन्।

गीतमा बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई कैद गरिएको छ। गीतमा फिल्मका दुई मुख्य पात्र पूजा र सोनमको चरित्रबीचको सम्बन्ध स्थापना गर्न प्रयत्न गरिएको छ।

सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मबाट थोप्देनले नेपाली फिल्ममा डेब्यु गरेका हुन्। आकाश श्रेष्ठ पनि फिल्मको मुख्य भूमिकामा रहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×