कप्तान एन्जिला सुब्बाले भारतीय आई लिग खेल्ने

काठमाडौँ - राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतीय शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। उनले सेथु एफसीबाट भारतीय आई लिग खेल्ने पक्का भएको हो।

सेथुले एन्जिलालाई १ सिजनका लागि क्लबमा अनुबन्ध गरेको हो। उनले क्लबसँग करिब ९ महिनाको सम्झौता गरेकी छिन्। राष्ट्रिय महिला टिमकी सिनियर खेलाडीसमेत रहेकी एन्जिलाकै कप्तानीले नेपालले पछिल्ला महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा खेलेको थियो।

एन्जिलाकै कप्तानीमा नेपालले भारतलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो। सेथु एफसीबाटै राष्ट्रिय महिला टिमकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले खेलेका थिए।

उनीहरूकै प्रर्दशनका आधारमा क्लबले भारतीय वुमन्स लिगको उपाधि जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×