नेपाली दुवै टिम टेनिसमा छानिएनन्

काठमाडौँ - नेपाली टिम आईटीएफ एसिया यू-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ साउथ एसिया) बाट छनोट हुन असफल भएको छ। काजकिस्तानमा हुने फाइनल चरणलाई नेपालको महिला-पुरुष दुवै टोली छनोट हुन सकेन।

प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ। यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन। नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा पनि छनोट हुन सकेको थिएन। नेपालमै २०१७ मा भएको पहिलो संस्करणमा पुरुष टिम छनोट भएको थियो। २०१८ मा नेपालमै भएको दोस्रो संस्करणमा महिला-पुरुष दुवै टिमले छनोट चरण पार गरेको थियो। बंगलादेशमा २०१९ मा भएको तेस्रो संस्करणमा पुरुष टिम छनोट भएको थियो।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली महिला-पुरुष दुवै टोलीले हारको शृंखलामा रोकिएका थिए। पुरुषमा नेपालले माल्दिभ्सलाई ३-० ले हराएको हो। एकलमा असभसम्राट हाडाले सलामलाई ६-०, ६-० र वृजेश अर्यालले नियाजलाई ६-०, ६-२ को सोझो सेटमा पराजित गरेका हुन्।

युगलमामा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६-४, ६-१ को सेटमा हराएका हुन्। यसअघि नेपालले दुई खेलमा हारेको थियो।

महिलामा लगातार तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा भुटानमाथि ३-० को जित निकाल्यो। एकलमा कर्मिस्था श्रेष्ठले छिरिङ र शिभाली गुरुङले वाङमोलाई हराएका थिए। युगलमा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई हराएका थिए। तीनै स्पर्धामा नेपाल समान ६-०, ६-० को विजयी भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×