स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोको नवजात शिशुको निधन

काठमाडौँ - स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जियाना रोड्रिग्वेजले आफ्नो नवजात शिशु (छोरा) को निधन भएको जानकारी दिएका छन्।

सन्तानको निधन ‘कुनै पनि अभिभावकका लागि गम्भीर दुःखको कुरा’ रहेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भएका छन्। पोर्चुगलका खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर छोरी मात्रै जीवित जन्मिएको रोनाल्डो र रोड्रिग्वेजले जानकारी दिएका छन्।

‘छोरीको जन्मले हामीलाई यो समयमा बाँच्नका लागि आश र खुशी प्रदान गरेको छ’, रोनाल्डोले लेखेका छन्। उनीहरुले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी हाम्रो एन्जल हौ। हामी सधैँ तिमीलाई माया गरिरहने छौँ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×