एमाले बन्दसत्र साँझ ७ बजेदेखि

चितवन। बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ। 

चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिए। अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए। उनले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पारे। 

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए। निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×