महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौँ - राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई २१ भदौदेखि ३ असोजसम्म नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

अनुभवी प्रशिक्षक थापाले गत संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपिएफ फुटबल क्लब सम्हालेका थिए। त्यस्तै, टोलीको व्यवस्थापकामा महिला संघका पूर्वअध्यक्ष वृन्दा देवानलाई नियुक्त गरिएको छ।

एन्फाले च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ। एन्फाका सबै  उपाध्यक्ष र कार्यसमिति सदस्य आयोजक समितिको सदस्य रहने छन्। 

यस्तै, प्रतियोगिताको भेन्यु म्यानेजरमा रवीन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र सुरक्षा प्रमुखमा दिनेश ब्याञ्जनकार तोकिएका छन्। सञ्जीव सिलपकारले क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजन गर्नेछन्।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×