नेपाललाई सान्त्वना जितको आशा

काठमाडौँ - युगान्डाविरुद्धको पाँच टी- ट्वान्टी खेल शृंखला गुमाइसकेको  नेपाली महिला टोली चौथो खेलमा शुक्रबार मैदान उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ। खेल  दिउँसो १ बजेबाट त्रिवि क्रिकेट मैदानमा हुनेछ।

शृंखलाको पहिलो खेलबाटै देखिएको ब्याटिङ र फिल्डिङको समस्याले तेस्रो खेल सम्म पनि निरन्तरता पाउँदा नेपालले शृंखला गुमाएको थियो। घरेलु मैदानमा सम्पन्न पहिलो शृंखला जित्ने लक्ष्य लिएको नेपाल कम्तीमा अन्तिम दुई खेलमा जित निकाल्न चाहन्छ। नेपालले युगान्डाविरुद्ध तीन खेलमा मात्र दुई यस ९३ रन जोडेको छ। पहिलो खेलमा ९२ रनमा सीमित भएको नेपालले दोस्रो खेलमा एक सय दुई रनको योगफल खडा गरेको थियो। तेस्रो खेलमा भने नेपाल ९९ रनमा सीमित भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×