न्युजिल्याण्डलाई नेदरल्याण्ड्स विरुद्धको टी-२० सिरिज

काठमाडौँ - घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी-२० सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ। उ गएरातिकाे खेलमा ८ विकेटले विजयी भएको हो।

यो जितसँगै पाहुना टोलीले २ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा उ १६ रनले विजयी भएको थियो। १४८ रनकाे लक्ष्य न्युजिल्याण्डले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।

उसका लागि कप्तान मिचेल सान्टनर र डेरिल मिचेलले अर्धशतकीय पारी खेलेका थिए। ७७ रनमा अविजित रहेका सान्टनरले ४२ बलमा ९ चाैका र ४ छक्का प्रहार गरेका थिए। मिचेलले २७ बलमा ४ चा‌ैका र २ छक्कासहित ५१ रनमा अविजित रहेका थिए। फिन एलनले १३ रन जाेडेका थिए।

नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र बास डी लिडेले १/१ विकेट लिएका थिए। त्यसअघि द हेगस्थित स्पाेर्ट्सपार्क वेस्टभ्लाइटमा टस जितेर ब्याटिङ राेजेकाे नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

घरेलु टोलीका लागि बास डी लिडेले अविजित ५३ रनकाे अर्धशतकिय पारी खेलेका थिए। उनले ४८ बलमा ३ चाैका र २ छक्का प्रहार गरेका थिए। कप्तान स्कट एडवर्ड्सले अविजित २६, टाेम कुपरले २६ र स्टेफन माइबर्गले २४ रन जाेडेका थिए।

न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले २ तथा ब्लेयर टिकनर र  ईश साेधीले १/१ विकेट लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×